Categories शिक्षा समाचार

पर्साको एक विद्यालयका निर्माण समितिका अध्यक्षसहित ३ जनाबिरुद्ध मुद्धा दर्ता ।

Advertisement

वीरगञ्ज ।  पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीस्थित रामजानकी नेपाल राष्ट्रिय विद्यालयका निर्माण समितिका अध्यक्षसहित ३ जनाबिरुद्ध मुद्धा दर्ता भएको छ । 

विद्यालयमा प्राप्त विभिन्न शीर्षकको ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्ठि गर्दै निर्माण समितिका अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र सा कानुविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्धा दर्ता भएको हो ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अनुसन्धान शुरु गरेको थियो ।

Advertisement

उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलब्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै काम नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिला नगरेको अनुसन्धानको क्रममा खुलेको अख्तियारका प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *