Categories समाचार

नागरीकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पर्सा । वीरगंजमा मंगलबार सार्वजनिक शिक्षा सुदृढिकरणका लागि नितिगत वकालत पैरवी, नागरीकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

भिएसओ नेपाल र जेजेवाईसी बाराको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले होटेल मकालुमा आयोजना गरेको एक दिने कार्यक्रममा वक्ताहरुले पर्साको शैक्षिक अवस्थाबारे विभिन्न चिन्ता व्यक्त गरेका थिए । साथै पर्साको शैक्षिक क्षेत्रमा रहेका विभिन्न समस्या र जोखीमलाई न्युनिकरण गर्ने उपाय बारे समेत उनीहरुले वृहत रुपमा छलफल गरेका थिए ।

Advertisement

एनजिओसिसि तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सचिव रामप्रवेश साहको सहजीकरणमा संचालन गरीएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडी र कार्यसमिति सदस्य सुभेन्द्रमान श्रेष्ठले राष्ट्रिय शिक्षा निति , वृहत विधालय सुरक्षा गुरु योजना , आपतकालिन अवस्थामा पनि शिक्षा अधिकार ,सुरक्षित विधालय सुरक्षित सिकाई लगायतका शिक्षा क्षेत्रका सम्बन्धमा कार्यपत्र तथा ऐन कानुन र संविधानमा भएका शिक्षाबारेको व्यवस्था र स्थानीय स्तरमा रहेको शिक्षाको अवस्था तथा पालिका , विधालय , अभिभावक ,शिक्षक लगायत सरोकारवाला विभिन्न निकायको भुमिका बारे वृहत रुपमा जानकारी गराएका थिए ।

Advertisement

यसै क्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका पुर्व सदस्य एव् जनता समाजवादी पार्टि पर्साका अध्यक्ष रामनरेश यादवले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्थानिय तहमा कुल बजेटको २० प्रतीशत बजेट शिक्षा क्षेत्रको विकास तथा सुधारका लागि खर्चिनुपर्ने कुरामा निगरानी राख्न तथा सम्बन्धित सरोरकारवाला निकायलाई घच्घच्याई राख्न आवश्यक रहेको बताए । उनले पुराना शिक्षा नितिले अहिलेको आधुनिक तथा प्रतीस्पर्धी युगमा शिक्षालाई प्रभावकारी बनाउन नसकिने भन्दै शिक्षा नितिमा पनि समय र आवश्यक्ता अनुसारको सकारात्मक परिवर्तनको खाँचो रहेको औल्याए । हालको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा यादवले जोड दिदै हाल भर्खरै केही समय अगाडी सकिएको चुनावपछि चुनिएर आएका जनप्रतीनिधीलाई समयमै शिक्षामा सकारात्मक परिवर्तनका लागि सुझाव सहितको दबाव दिनपर्ने बताए ।  

कार्यक्रममा सहभागिहरुले सार्वजनिक शिक्षा निति , लैंगिक उत्तरदायिक शिक्षा निति, समावेशी शिक्षा निति र गुणस्तरीय शिक्षामा स्थानिय सरकारको दायित्व तथा विधालय , अभिभावक , शिक्षक ,प्र.अ., गैसस लगायत सरोकारवाला निकायले खेल्नुपर्ने भुमिका बारे समुहगत रुपमा प्रस्तुतीकरण समेत दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सचिव रामप्रवेश साह , शिक्षाका लागि राष्ट्रिय अभियान नेपालकी रस्मिता महर्जन , भीएसओ नेपालकी श्री देवी , एनजिओ फेडेरेशनका अध्यक्ष छठ्ठु साह , विभिन्न संघसंस्थाका प्रतीनिधी , संचारकर्मी , शिक्षक लगायतको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *