Categories समाचार

बिरगंज भन्सारका प्रहरी निरीक्षक बमको बिदाइ कार्यक्रम सम्पन्न ।

रोहित गुप्ता

बिरगंज । आज बिहान सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा ससश्त्र प्रहरी बल बिरगंज भन्सार पर्साको प्रहरी निरीक्षक शोवण बम को स्थानान्तरण तथा फेरी भेटौला कार्यक्रम गरिएको हो ।

Advertisement

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको विशेष उपस्थिति र सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षयतामा सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, सेवा केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

Advertisement

बिदाइ कार्यक्रममा नगर प्रहरी निरीक्षक हरी भुषाल, प्रहरी नायब निरीक्षक हनुमान राउत, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप कार्की , समाजसेवी महेश सिंह धामि , सन्तोष रन्जितकार, चन्द्र अग्रवाल, राकेश अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *