Categories राजनीति समाचार

मधेश प्रदेशमा सशक्त रहेको जसपा अब देशव्यापी रुपमा मजबुत बन्दै : मन्त्री यादव

Advertisement

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले मधेश प्रदेशमा सशक्त रहेको जसपा अब देशव्यापी रुपमा मजबुत बन्दै गएको दावी गरे ।

वीरगञ्जमा जारी जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले आउँदो चुनावमा पर्सा जिल्लाका सबै निर्वाचन क्षेत्रमा जसपाले झण्डा गाड्ने जिकिर गरे ।

Advertisement

अहिलेको स्थानीय तहको चुनावमा वीरगञ्ज महानगरसहित थुप्रै पालिकामा पार्टीको जीत भएको भन्दै उनले आउँदो चुनावमा पनि सबै निर्वाचन क्षेत्रमा जसपालाई जित दिलाउने जिकिर गरे ।

Advertisement

२०७४ सालको स्थानीय तहसँगै प्रदेशदेखि संघिय निर्वाचनमा पनि अधिकांश स्थानमा जित हाँसिल गरेको जसपाले अब यसपटक पनि जितेर देखाउने मन्त्री यादवको अडान छ ।

पार्टीलाई अहिलेसम्मको अवस्थामा पुर्याउन पार्टी अध्यक्ष उपेन्द्र यादवको साहसिक निर्णय र नेतासँगै कार्यकर्ताहरुको उत्साह भएको बताउँदै उनले पार्र्टीभित्र मतभेद हुनु स्वभाविक भएको बताए ।

बिचार नमिल्नु र मतभेद हुनु सामान्य रहेको बताउँदै मन्त्री यादवले नेता फुटेपनि कार्यकर्ताको एकताले नै जसपालाई शक्तिशाली बनाउँदै गएको दावी गरे । पार्टीलाई सिध्याउन विभिन्न षड्यन्त्र भएपनि ति षड्यन्त्रलाई परास्त गर्दै पार्टीले जनताको मन र बिश्वास जित्न सफल भएको जसपाका केन्द्रीय सदस्यसमेत रहेका यादवले बताए ।

वन तथा वातावरण मन्त्री प्रदीप यादव
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *