Rato Pana
राजनीति

वीरगन्जमा जनता जनार्धन पार्टीको घोषणा

पर्सा । जनता जनार्धन पार्टी नेपालको आज एक कार्यक्रमका बिच वीरगन्जमा घोषणा गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साको  सभाहलमा पत्रकार सम्मेलन गरि पार्टीको घोषणा गरिएको हो ।

पार्टीका केन्द्रिय सदस्य प्रमोद सहनी निषादको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष जितेन्द्र सहनी निषादको प्रमुख आतिथ्यमा घोषणा सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष निषादले  नेपालमा बिद्यमान पार्टीहरुले राजनितिलाई व्यवपार बनाएकोले आफुहरु बाध्य भएर नयाँ दल दर्ता गरेको बताए ।

उनले देशमा शाषन व्यवस्था परिवर्तन गर्न, वेरोजगारीको समस्या समाधान गर्न र राजनीति मार्फत नेपाली जनताको सेवा गर्न दल दर्ता गरिएको बताए ।

निषादले २१ सदसिय केन्द्रिय कार्य समिती गठन गरिएको र जिल्ला र प्रदेशमा गठनको प्रक्रिया शुरु भएको जानकारी दिए । कार्यक्रममा पार्टीका नेताहरु जयकिसुन मुखिया, बिनोद जयसवाल,  सुदामा मुखिया लगायतको उपस्थिति थियो । 

सम्वन्धित समाचार

Leave a Comment