Categories समाचार

स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु

Advertisement

बारा । बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Advertisement

आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो । 

Advertisement

बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । 

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *