Categories समाचार

सुवोध स्मृति पुरस्कारबाट देवकोटा पुरस्कृत

Advertisement

वीरगन्ज । प्रतीक प्रकाशन समूहले स्थापना गरेको सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा पुरस्कृत भएका छन् ।

वीरगन्जबाट प्रकाशन हुदै आएकोे प्रतीक दैनिक पत्रिकाको ३६ औं बार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा उक्त पुुरस्कार देवकोटालाइ प्रदान गरिएको हो । कार्यक्रममा प्राध्यापक वासुदेलाल दासले ५१  हजार रुपैया नगद राशीको उक्त पुरस्कार देवकोटालाइ प्रदाद गरेका हुन् ।

Advertisement

वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाइ प्रदान गरिदै आएको छ ।

Advertisement

प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्सा शाखा अध्यक्ष अनुप तिवारी , प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्मा लगायतको सहभागीता थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *