Categories समाचार समाज

फरार रहेका १८ जना पक्राउ, १ जना कारागार चलान बाकी जरिवाना तिरेर रिहा

वीरगन्ज । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको बिशेष टोलीले १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतले गरेको फैसलाबाट लामो समयदेखि लुकी छिपी बस्दै आएका तिनीहरुलाइ पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्ली राज सापकोटाले बताए ।

Advertisement

पक्राउ पर्ने फरार प्रतिवादीहरु मध्ये कुटपिट मुदाका सात जना, जालसाजी मुदाका छ जना, लकडी चोरी सम्बन्धि मुदाका ३ जना र चेक अनादर मुदामा २ जना गरि १८ जना रहेका छन् ।

Advertisement

वीरगन्ज महानगरपालिका वडा नं. २० का अमनी पैठान, जैतुनेसा पैठान,  बिगा खाँ पैठान, कासिम महमद खाँ पैठान, देव बहादुर प्रसाद यादव, शेषनाथ बरै, ठग राउत बरै, रामराज प्रसाद चौरसिया, पन्नालाल साह कलवार , कुशोरी साह कलवार, वडा नम्बर १४ पिपराका पुष्पराज पटेल र जितेन्द्र प्रसाद कुर्मी, वडा नम्बर २८ बगहीका लक्ष्मण ठाकुर लोहार, सिताराम ठाकुर लोहार, शंकर ठाकुर लोहार र गोपाल प्रसाद सोनार, वडा नम्बर २९ उदयपुर घुर्मीका छोटी यादव पक्राउ परेका हुन ।

पक्राउ परेका तिनहरुलाइ हिजो  ( मंगलबार ) पर्सा जिल्ला अदालतमा फैसला कार्वान्यवन्यको लागि दाखिला गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी गराए ।

तिनहरुमध्ये कुटपिट मुदामा फरार रहेका छोटी यादवलाइ ६ महिना कैदको लागि कारागार चलान गरिएको  र बाकी अरु सबैजना जरिवाना तिरेर छुटेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *