Categories समाचार

छाप्रोमा लुकाई राखेको भरुवा बन्दुक बरामद, एक जना पक्राउ

Advertisement

कलैया। बाराबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर गुम्बाटोल बस्ने ३० वर्षीय सञ्जीव बल रहेका छन् । उनलाई भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बिरिङ ५ थानसहित आज बिहान गरेको हो ।

Advertisement

उनको घरमा अवैध हतियार रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर अगाडि बनाएको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

Advertisement

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *