Categories शिक्षा समाचार

विधालयमा पंखा नचल्दा गर्मीमा बालबालिकालाई सास्ती

Advertisement

अन्जु कुमारी

वीरगञ्ज । गर्मीका कारण तराईका विद्यालयहरूमा विधार्थीहरुलाई समस्या देखीन थालेको छ । यसपालि असार साउनमा औसत भन्दा कम पानी परेको कारण अझ पनि गर्मीले जनजीवन अस्तव्यस्त बनेको अवस्था छ । विज्ञहरुका अनुसार जलवायु परिवर्तन लगायतका विभिन्न कारणले हरेक वर्ष तापक्रममा वृद्धि हुँदै गएको छ ।

Advertisement

बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न अझ पनि गाह्रो भईरहेको भन्दै अभिभावहरुले चिन्ता व्यक्त गरीरहँदा पर्साका कतिपय विधालयहरुमा ,कक्षा कोठामा पंखा समेत नियमित नचल्ने भएकोले खासगरी साना बालबालिकाहरुलाई सास्ती हुने गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

Advertisement

गर्मी अध्याधिक बढेपछि केही दिन अघि वीरगंज महानगरपालिकाले विधार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै विधालयहरु केही दिनका लागि बन्द गर्न लगाएपनि केही विधालयहरुले लामो विदा दिएको भन्दै त्यस निर्णयको विरोध समेत गरे भन्दै वीरगंजका एक अभिभावक अनिश प्रसादले तर विधालयले विधालय खोल्न जति विरोध गरे त्यस अनुसारको गर्मी छल्न विधालयमा विधार्थीहरुका लागि राम्रो व्यवस्था गर्न भने नसकेको बताए ।

उनले विधालयहरुले आफ्नो विधालय शुल्क उठाउने तर्फ ध्यान दिएपनि गर्मीमा छिनछिनमा लाईन कटिरहँदा विधार्थीहरुबाट विभिन्न शिर्षकहरुमा, भरपुर रकम असुली गरेतापनि एउटा जेनेरेटरको समेत देखावटी रुपमा मात्रै व्यवस्था गरेको र कतिपय विधालयमा जेनेरेटर समेत नरहेको बताए ।

अर्की एक अभिभावक सुनिता देवीले कक्षा २ मा अध्ययनरत आफ्नो छोरा, हरेक दिन विधालयबाट दिउँसो फर्किदा हरेक दिन जसो विधालयमा कक्षाकोठाको पंखा नै विरामी भएजस्तो चल्ने गरेको कारण बच्चा नै विरामी परेर घर फर्कने गरेको महशुश गर्ने गरेको सुनाईन् ।  

उनले छोराले हरेक दिन जसो कक्षाकोठामा पंखा नै नचल्ने गरेको गुनासो गर्दै भोलिपल्ट विधालय नै जान नमान्ने गरेको बताईन् ।

अभिभावकसंघ प्रत्येक शिर्षकमा विधालयहरुले रकम असुली गरेपनि यस्तो गर्मीको बेलामा कम्तीमा जेनरेटरको व्यवस्थ गरेर भएपनि गर्मी अवधिभर पंखा नियमित रुपमा चलाउन अभिभावकहरुको आग्रह छ ।

पर्साका कतिपय विधालयहरुमा खानेपानीको व्यवस्था छैन भने कतपिय विधालयहरुमा पंखा लगायतका सुविधा जानी जानी रोकी राखेर काम चलाउने गरेको अभिभावकहरु गुनासो गर्छन् ।
यसमा वीरगञ्ज महानगरपालिकाले पनि अनुगमन र निरीक्षणको पाटोमा ध्यान दिन आवश्यक रहेको उनीहरुको माग छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *