Categories समाचार

रोट्रयाक्ट अध्यक्ष र सचिवहरुको भेला यो वर्ष हेटौंडामा

Advertisement

हेटौंडा । बाग्मती प्रदेशको राजधानी हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु भेला हुने भएको छ। रोट्रयाक्ट डिष्ट्रिक ३२९२ ले हरेक वर्ष गर्ने अध्यक्ष र सचिवहरुको भेला यो वर्ष हेटौंडामा गर्न लागेको हो।

भदौ २५ गते शनिबार एक सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला कार्यक्रम हुने भएको छ ।आयोजक रोट्रयाक्ट क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ मकवानपुर र स-आयोजकमा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२को जोन ३,रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराको सयुक्त आयोजनामा देशभरीका १७६ वटा क्लबहरुका अध्यक्ष, सचिव र सदस्यहरुको भेला आयोजना हुन लागेको हो ।

Advertisement

रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले मकवानपुरमा पहिलो पटक देशभरको अध्यक्ष र सचिवहरुको भेला हुन लागेको बताए। उनले देशभरका करिब १ हजार जना भन्दा बढीको सहभागिता रहने भेलाले वर्षभरमा गरिएको कार्यको समिक्षा र भावि कार्य योजना बारेमा बृहत क्षलफल र निष्कर्स निकाल्ने बताए।

Advertisement

भेलामा देशभरको १ सय ७६ रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु र भारत लागएत विभिन्न बाहिरी देशहरुका प्रतिनिधिको पनि सहभागिता रहने आयोजकले जनाएको छ। दिनभर चल्ने भेलामा चार घण्टासम्म तालिम सत्र संचालनमा रहने छ भने क्लबका अध्यक्ष र सचिवकोलागि छुटै प्रशिक्षण दिने छ।उनले कार्यक्रमको २० लाख खर्च हुने अनुमान रहेको बताएका छन् । हरेक वर्ष हुने बैठक गतवर्ष पोखरामा भएको थियो ।  

राईकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुली, रोटरी मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्की, रोटर्याक्ट मकवानपुरका पुर्व अध्यक्ष प्रतिक्षा न्यौपाने, रोयर्याक्ट हेटौंडाका संस्थापक अध्यक्ष अनुराग अधिकारी, पुर्व अध्यक्ष सरोज देवकोटा लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *