Categories समाचार

भरुवा बन्दुकसहित एक जना पक्राउ

Advertisement

बारा । बारामा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरको गुम्बा टोल निवासी संजिव बललाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Advertisement

हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा बलको घरमा छापामारी गरेर लोड गरेर राखेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

Advertisement

पक्राउ परेका बलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *