Categories समाचार

६ किलो चाँदी र ५७ ग्राम सुनको तयारी गहनासहित एक जना पक्राउ

Advertisement

बारा । बारामा ठूलो परिमाणमा सुन तथा चाँदीका तयारी गहना सहित एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा टोलको सडकमा जाँचका क्रममा मोटरसाइकलमा लिएर आइरहेका व्यक्तिको साथबाट करिब ६ किलो चाँदी र ५७।७१ ग्राम सुनको तयारी गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

भारतबाट ना ६१ प ९३४० नम्बरको मोटरसाईकलमा नेपाल आइरहेका सोही गाउँपालिकाको वडा नम्बर २ भरवलियाका २९ वर्षीय रामविनय साहलाई उक्त परिमाणको तयारी गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Advertisement

प्रहरीले बरामद गरेको ५ किलो ९९८ ग्राम चाँदीका गहनाको अनुमानित बजार मुल्य ३ लाख २० हजार र ५७।६१ ग्राम सुनको गहनाको मूल्य ३ लाख ६० हजार पर्ने प्रहरीले जनाएको छ ।

बरामद गहनासहित पक्राउ परेका व्यक्तिलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज बुझाउने बारा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *