बीरगन्ज । अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा बाराबाट एक जना पक्राउ परेका छन् ।
सामान बोक्ने म्याजिक भ्यानमा घरेलु मदिरा ल्याइरहेको अवस्थामा जितपुर बजारबाट गाडीका चालकसहित मदिरा नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
ना ५ च ३५८६ नम्बरको म्याजिक भ्यानमा प्यालिष्टकमा प्याक गरेर ल्याइरहेको करिब ९ सय लिटर मदिरा सहित गाडी चालक जितपुर सिमरा उपमहानगरपालिका २२ का ३४ वर्षीय हम प्रसाद भेटवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका चालक र अवैध मदिरा ओसारपसारमा संलग्न सवारीलाई नियन्त्रणमा लिएर थप कारबाही प्रकृया अघि बढाइएको उनले बताए ।







