Categories विचार समाचार

पत्रकारहरु आचार संहिता भित्र रहेर जिम्मेवार बन्नुपर्ने : महासचिव किशोरजंग

Advertisement

वीरगन्ज । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव किशोरजंग थापाले पत्रकारिताक्षेत्र थप चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ । उहाँले सूचना प्रविधिको विकाससँगै नागरिकहरु पनि र जागरुक भएकाले अहिले पत्रकार भन्दा अघि नागरिकले सूचना पाउन थालेकोले पत्रकारिता थप चुनौती बन्दै गएको बताउनुएको हो ।

रेस नेपाल (नारायणी एफ.एम.१०३.८ मेगाहर्ज) तथा क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिले आयोजना गरेको सात दिने तालिम समापन समारोहमा बोल्दै उहाँले अहिले सामुदायिक रेडियोहरुलाई राज्यले कुनैपनि सहयोग नगरेको गुनासो पनि गर्नुभयो ।

Advertisement

नागरिकले पत्रकारहरुलाई नै बढी विश्वास गरेको स्थापित भईसकेकोले पत्रकारहरु पत्रकार आचार संहिता भित्र रहेर जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताउनुभयो ।

Advertisement

रेस नेपाल (नारायणी एफ.एम.१०३.८ मेगाहर्ज) का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमुख अतिथि र अतिथिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तालिम समापन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, रेस नेपाल (नारायणी एफ.एम.१०३.८ मेगाहर्ज) का सचिव अरविन्द सिंह, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष दीपक गौतम, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष तुलसी भण्डारी, रेडियो नेपालका प्रतिनिधि ध्रुव अधिकारी, सञ्चारकर्मी अनिल साह, प्रणय साह, दिपेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा क्रियटिभ ह्याण्ड् मिडिया प्रालिका संचालक सुरेश विडारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम संचालन शिवनाथ यादवले गर्नुभएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *