पर्सा । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चौकबाट सशस्त्र प्रहरीले भन्सार छलीको सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साबाट खटिएको ९ जनाको गाडी मोवाइल टोलीले प्रज्ञापन पत्र बिनाको सामाग्री बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेका सवारी चेकजाँचको क्रममा ५९ लाख ३४ हजार ७ सय ५८ रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
प्रहरी उपरीक्षक पोखरेलका अनुसार प्रज्ञापन पत्रबिनाको स्टेशनरी सामानसहित, ब्याट्री, औषधी, प्लाई उड, एसिड लगायतका सामाग्री बरामद गरिएको हो ।
२५ लाख बराबरको ना ५ ख ७८२० नम्बरको ट्रकसहित ४ लाख ३४ हजार ७ सय ५ रुपैयाँ बराबरको सामाग्री आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारीले बताए ।







