Categories समाचार

फोर जिआरद्वारा ५ रुपैयाँमै खाना खुवाउने अभियानलाइ चौथा साता पनि निरन्तरता

Advertisement

वीरगञ्ज । वीरगञ्जमा सामाजिक सेवामा सक्रिय संस्था फोर जिआरले ५ रुपैयाँमै खाना खुवाउने अभियानलाई आज चौथा साता पनि निरन्तरता दिएको छ ।

संस्थाले भोकालाई सम्मानसहित भोजन उपलब्ध गराउन न्यून शुल्कमा खाना उपलब्ध गराउँदै आएको छ ।

Advertisement

सोमबार घण्टाघरमा स्टल राखेर संस्थाले ५० प्याकेट खाना र पानी वितरण गरेको संस्थाकी अध्यक्ष नुतन सरावगीले जानकारी दिइन् ।

Advertisement

‘राम्रो कामका लागि हात मिलाऔँ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था फोरजीआरले गएको साउन १३ गतेदेखि साताको एक दिन वीरगञ्जमा ५ रुपैयाँमै घरको खाना खुवाउने अभियानलाई निरन्तरता दिइरहेको छ ।

आफूहरुले व्यवसायका लागि अभियान चलाएको नभई सेवाका लागि चलाएकाले यो सेवाको कुनै मोल नरहेको उनी बताउँछिन् । ‘पाँच रुपैयाँ त खाना खानेहरुले मैले पैसा तिरेर खाएको हुँ भन्ने महसुस होस् भनेर लिएका हौँ, यसमा हाम्रो फाइदा घाटाको कुरै छैन, यो त हाम्रो खुसी सँग जोडिएको कुरा हो,’ उनले भनिन् ।

साताकाे सातै दिन अभियान चलाउने इच्छा रहेकाे र त्यसका लागि सहयाेगि हातहरुकाे खाेजी भइरहेकाे अग्रवालले बताइन् ।

स्थानीय व्यापारी, विद्यार्थी, रिक्सा, ठेला चालक लगायतकाले स्टलमा राखेको खाना र पानी ५ रुपैयाँमा किनेर लगेको संस्थाका सदस्य अनिषकान्त कुशवाहाले जानकारी दिए ।

कार्यक्रममा अफसाना खान, दिप्ती, नैन्सी अग्रवाल, श्याम सरार्फ लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *