Categories राजनीति समाचार

गत निर्वाचनमा सुशासन पार्टीबाट उम्मेदवारी दिएका चौरसिया जसपामा प्रवेश

Advertisement

पर्सा । नेपाल सुशासन पार्टी पर्साका अध्यक्ष मधुसुदन चौरसिया जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

काठमाडौं स्थित जसपाको केन्द्रीय कार्यालयमा सोमबार आयोजित  कार्यक्रममा चौरसिया रमेश खरेलको सुशासन पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन्।

Advertisement

जसपाको पार्टी कार्यालयमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगन्ज महानगरपालिकाका पमेयर राजेशमान सिंह लगायतले चौरसियालाई गम्छा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

Advertisement

चौरसिया गत स्थानिय तहको निर्वाचनमा सुशासन पार्टीबाट पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी समेत दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *