Categories समाचार समाज स्वास्थ्य

वीरगञ्जमा लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै

Advertisement

अन्जु कुमारी

वीरगञ्ज । वीरगञ्ज लगायत पर्सामा नै लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । विधालय जीवनमा अध्ययन गर्ने विद्यार्थीदेखि कलेजका विधार्थी लगायत बेरोजगार युवाहरु पनि लागु औषधको कुलतमा फसिरहेका छन् । लागु औषधको कुलतमा फँसेर अधिकांशको जीवन बर्बाद भईरहेको भन्दै स्थानीयवासी अभिभावक चिन्तित बनेका छन् ।

Advertisement

त्यती मात्र नभई हाल सिमा नाकादेखी लिएर धेरै जसो सडक , सडक पेटी , चोक गल्लीमा त्यस्ता लागु औषध सेवनकर्ताले डेरा जमाएको र नियमित सेवन गर्ने गरेको सजिलै भेट्न सकिन्छ ।  

Advertisement

प्रहरी कार्यालय का अनुसार दर्ता भएका मुद्दामध्ये ५० प्रतीशत भन्दा बढी लागु औषधको प्रयोग र कारोबारसँग सम्बन्धित नै छन् ।भारतसँगको खुला सिमानाका कारण सिमावर्ति क्षेत्रमा ब्राउन सुगर ,अफिम र चरेश,गाँजा लगायतका लागु औषधको तस्करी फस्टाउँदै गएको प्रत्यक्षदर्शी बताउँछन् ।

साथै अभिभावकबाट राम्रो हेरचाह नपाएका , अभिभावकलाई झुक्याएर गलत संगतमा लागेका वा लागु औषधको कारोबार गर्ने सकृय गिरोहले नै आर्थिक अवस्था कमजोर देखी राम्रा हुने खाने परिवारका युवाहरुलाई लागु औषधको कुलतमा फसाउने गरेको एक लागु औषध सेवनकर्ताले नै बताएका छन् । हाल अधिकाशं युवा उमेरका त्यक्ती नै लागु औषध तस्करीमा समेत संलग्न हुने गरेको पाइएको छ ।

 लागु औषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाइरहेको भनेर दावी गरीएपनि सिमावर्ती भारतीय बजारमा पुगेर लागु औषध धेरै जसो युवाहरु सेवन गरेर आएको देखीएपनि प्रहरीले छोड्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
पर्साका कतिपय पसलहरुमा समेत लागु औषध दिन दहाडै राखेर विक्रिवितरण समेत भईरहेको भएपनि सम्बन्धित निकायले ध्यान नदिएको वा जानी जानी नदेखेको स्थानीय अभिभावकको आरोप छ ।

प्रहरीले अभिभावक, जनप्रतिनिधि र नागरिक समाजका अगुवासँग सहकार्य गरेर जिल्लाका हरेक वडामा सचेतना अभियान तिब्र पार्न र त्यस्ता लागु औषधको कारोबारमा संलग्नलाई कडा कार्यवाहीको दायरमा ल्याउन आग्रह गरेका छन् । यसमा जनप्रतीनीधीको पनि उत्तिकै चासो हुनुपर्ने उनीहरुको माग छ ।

भौतीक पुर्वाधार, शिक्षा , स्वास्थ्य लगायतका विषयमा वीरगञ्ज महानगरपालिकाले विभिन्न योजनाका साथ कार्य गरीरहेको जस्तै लागु औषध नियन्त्रण गर्दै युवाको भविष्य अन्धकार हुन बाट बचाउन पनि महानगरले ठोस कदम चाल्नुपर्ने अभिभावहरुको भनाई छ ।

लागु औषध प्रयोग गर्नेमध्ये १६ देखि ४० वर्ष उमेर समूहका युवा बढी रहेका छन् । लागु औषधको ओसारपसार नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिरहेको प्रहरीको दाबी छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *