Categories समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु

Advertisement

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर  ४  निर्मलबस्ती नजिकै बुधबार मोटरसाइकल दुर्घटना हुंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

ठोरी ३ को शिकारीबासमा आफन्तकोमा पुगेर फर्कदै गरेका वीरगन्ज महानगरपालिका वडा नंबर ९ का कर्मचारी जगत दीप बिष्टको मृत्यु भएको हो ।

Advertisement

हुलाकी सडक आइपुग्नै लाग्दा कच्ची बाटोमा बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटना स्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको अनुमान गरिएको इप्रका ठोरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *