वीरगन्ज । संयुक्त सिमा गस्ती कार्य बुधबार सम्पन्न भएको छ।
आसन्न संघिय निर्वाचन र प्रदेश सभाको निर्वाचनलाइ लक्षित सुरक्षा योजना अन्तर्गत पर्सा जिल्लाका प्रहरी प्रमुख रमेश बस्नेतको विशेष पहलमा नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त रुपमा नेपाल भारत सिमानामा रहेका पिलर, सिमा अनुगमन गरिएको हो ।
सिमामा रहेका समस्याहरुलाई एक अर्काको सहकार्य र समन्वयमा काम गर्ने उदेश्य सहित जँगे पिलर न. ३९०/१ देखि पिलर न. ३९०/२२ हुदै ३९०/३३ सम्मका सिमानाका पिलरहरुको संयुक्त निरीक्षण तथा संयुक्त सिमा गस्ती कार्य सम्पन्न गरिएको थियो ।
साथै उक्त संयुक्त गस्ती कार्यमा नेपाल प्रहरीबाट वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल सहित १० जना, सशस्त्र प्रहरी बल नेपालबाट सप्रनि रबिन्द्र भट्ट सहित १० जना र भारतीय पक्षबाट SSB का सिमा निरीक्षक सुशिल कुमार को नेतृत्वमा १० जना गरी ३० जनाको संयुक्त टोली सम्मिलित भएको टोलीले निरीक्षण तथा गस्ती गरेको प्रहरीले जनाएको छ।







