Categories समाचार

पर्सामा नागरिकता प्रतिलिपि बिहान सातै बजेबाट वितरण

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बिहानैबाट नागरिकता वितरण गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै शुक्रबार बिहान ७ बजेदेखि नै नागरिकता वितरणको काम हुने जानकारी दिएको छ ।

Advertisement

नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि निकाल्ने सेवाग्राहीको चाप अधिक भएकाले प्रतिलिपि लिन चाहनेका लागि बिहान सातै बजेबाट सेवा सुरु हुने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

Advertisement

शुक्रबार देखि आउँदो १६ गते एक सातासम्म बिहानैबाट सेवा प्रदान गर्न लागिएको उनले बताए ।

बढ्दो भिड कम गर्न नागरिकताको प्रतिलिपि बिहान ७ बजेदेखि १० बजे सम्म उपलब्ध गराइने व्यवस्था मिलाइएको प्रवक्ता पौडेलले बताए ।

समयमै प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि बिहानीको समय मिलाइएको बताउँदै उनले सार्वजनिक विदाको दिनबाहेक शुक्रबारदेखि १६ गतेसम्मका लागि बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *