Categories समाचार

पर्साको क्षेत्र नम्बर १ मा साढे २० करोड बढिको लागतमा निर्माण हुन लागेको सडकको शिलान्याश

पर्सा । संघीय सांसद प्रदीप यादवको निर्वाचन क्षेत्र नम्बर १ को ग्रामीण भेगमा साढे २० करोड भन्दा बढिको लागतमा निर्माण हुन लागेको कालोपत्रे सडकको शिलान्याश गरिएको छ ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जको ड्राइपोर्ट सडक देखि मनियारी, भवानीपुरको नहर रोड हुदै जगरनाथपुरको ड्राइपोर्ट तथा इटियाही हुदै गण्डक नहरको राजगमार्ग सम्म गरि करिब साढे ६ किलो मिटर कालोपत्रे सडक निर्माण गर्न थालिएको हो ।

Advertisement

कालो पत्रे सडक निर्माणको शिलान्याश गर्दै मन्त्री यादवले वर्षौंको पर्खाइ पश्चात यस क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएको बताए । यस सडक निर्माणले महानगरका ग्रामीण वडाको समृद्धिमा ठूलो टेवा पुग्ने र यहाँका कृषकहरुको उत्पादनले पनि सहज रुपले बजार पाउने विश्वास लिएको उनले बताए । उनले सडक निर्माणको काम निर्धारित समय भित्रै सकाउन सडक डिभिजन कार्यालय र ठेकदार कम्पनिलाई निर्देशन पनि दिए ।

Advertisement

सडक निर्माणको ठेक्का हिम सगरमाथा समा जेभी वीरगन्जले २० करोड ५७ लाख २१ ह्जार रुपैयाको लागतमा सकारेको छ । सडक निर्माणको काम २०८१ साल पुष मसान्त भित्र सक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

उक्त कालोपत्रे सडक निर्माणको शनिबार वन तथा वातावरण मन्त्री यादवले शिलान्याश गरेका हुन् । त्यस अवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , प्रदेशसभा सदस्यहरु करिमा बेगम , जन्नत अन्सारी, सडक डिभिजन कार्यालय हेटाैडाका प्रमुख राजेन्द्र प्रसाद दास , १४ नम्बर वडाका वडा अध्यक्ष महबुब ईलाही, २० नम्बर वडाका वडा अध्यक्ष राम किशोर सिंह, १८ नम्बर वडाका वडा अध्यक्ष उमा शंकर तिवारी, २३ का अवधकिशाेर प्रसाद कुशवाहा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन उमेशलाल सहनीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *