वीरगञ्ज । मञ्जु श्री फाइनान्स वीरगञ्ज शाखा आजबाट छैठौँ वर्षमा प्रवेश गरेको छ । ५ वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्जु श्री फाइनान्स वीरगञ्जका शाखा प्रबन्धक दिगम्बर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ जना महिलासहित ४३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा शिखा खड्की, प्रमोद प्रसाद चौवे, राजीव ढुङ्गाना, शेष वकिल मिया लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोइराला, जिवनज्योती माविकी प्रबन्ध निर्देेशिका मिनाक्षी गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रिती यादव, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संस्थाका कर्मचारीहरु हरि मानन्धर, शिखा खड्की, वर्षा वर्णवाल, एकता श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सहायक पुकार सुवेदीले गरेका थिए ।







