वीरगञ्ज । वीरगञ्जमा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टि नेपाल (जसपा) नेतृ पिंकी यादव र अन्नपुर्णा मानन्धरको संयुक्त अध्यक्षतामा वीरगञ्जको होटल पुजनमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल सरकारको बन तथा वातावरण मन्त्रि प्रदिप यादवले महिलाहरुको महत्वपुर्ण तथा विशेष पर्व हरितालिका तीजको शुभकामना दिँदै उनले हरितालिका तीज जस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता भएकोले यसको गरीमा जोगाउनुपर्नेमा जोड दिए ।
त्यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिँहले तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने भएकोले तीजले नेपाली समाजमा विद्यमान लैगिंक, वर्गीय विभेद र सबै किसिमका असमानताहरूको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई सम्मुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका थिए ।
साथै अझ पनि केही महिलाहरु अरुको अगाडी बोल्न समेत नसक्ने , आफ्नो कुरा व्यक्त गर्न अफ्ठ्यारो मान्ने गरेको महशुश भएकोले कार्यक्रममा सहभागी महिलाहरुमा भएका विभिन्न प्रतीभालाई उजागर गर्ने र हौसला बढाउने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कृयाकलाप समेत गराई विजेता हुने गृहणी महिलाहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी , जसपाकी केन्द्रिय सदस्य रेखा साह , कनिका कौशिक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन प्रेरणा श्रेष्ठले गरेकी थिईन् ।







