वीरगन्ज । दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच र वीरगन्ज कपडा बैंकको संयुक्त आयोजनामा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।
आज (शनिवार) पर्सा जिल्लाको जगरनाथपुर गाउपालिका वडा न १ बिशुनपुर्वा गाउँको श्री ने रा प्रा विधालयको प्रागणमा,दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच र वीरगंज कपडा बैंकको संयुक्त आयोजना तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा संस्थाका अघ्यक्ष बृजेश्वर प्रसाद चौघरीको अघ्यक्षत्या निशुल्क ऑखा शिविर सम्पन्न भएको हो ।
सो शिविरको अतिथिमा प्रहरी चौकी पिपरडाढी का प्र स नि शिवमंगल यादव, दृष्टि ऑखा अस्पतालका डा.संगिता मण्डल, कोडिनेटर संजय चौघरी, प्रघुमन चौघरी, समाजसेवी इशा राउत गदी, समाजसेवी सहरुम राउत गद्दी, सुखल राम लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
कूल १३९ जनाको चेकजाँच गरिएकोमा ३३ जनामा मोतियाविन्द भेटिएको अध्यक्ष चौधरीले बताए । ३३ जना मध्ये ३१ जनालाइ निशुल्क ड्रप वितरण गरिएको छ । मोतियाविन्द देखिएका बिरामीलाइ भारी छुट सहित यही हप्ताको बुघवार वीरगन्जमैं शल्यक्रिया गरिने डा.संगिता मण्डलले बताउनु भयो ।



