Categories हाइलाइट-समाचार

हल्लाको भरमा दिने भन्दा लिनेको भिड, केहि दिनमै समस्या समाधान गर्छौ : खातुन

Advertisement

वीरगञ्ज । पछिल्लो समय सहकारी संस्थाहरुमा आर्थिक तरलता बढ्दै गएको छ । काठमाण्डौदेखि अन्य स्थानबाट पनि केही सहकारी संस्थाका सञ्चालकहरु बचतकर्ताको रकम लिएर फरार भएपछि एकैपटक रकम झिक्नेहरुको संख्या बढ्दा आर्थिक तरलता बढ्दै गएको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुनले जानकारी दिइन् । केही सहकारीका कारण अन्य सहकारीलाई पनि अप्ठ्यारो परेको खातुनको भनाई छ ।

खातुनले भनिन्, “बजारमा गरिएको झुटको खेतीका कारण केही समय यता रकम झिक्नेहरुको भिडभाड धेरै छ । एकैपटक सबैजनाले रकम झिक्न आउनुभयो भने हामी सहकारी मात्रै हैन, ठूला ठूला बैंकहरुलाई पनि गाह्रो हुन्छ ।”

Advertisement

केही दिनभित्रै तरलताको समस्या कम हुने बताउँदै खातुनले बिश्वस्त हुन बचतकर्तालाई आग्रह गरेकी छिन् । विगत १ दशकदेखि सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थालाई बिश्वास गरेर जम्मा गरेको रकम केही नहुने र आवश्यक्ताअनुसार झिक्न सकिने खातुनले बताएकी छिन् ।
केही सहकारीहरु भागेको समाचार सार्वजनिक भएसँगै आफुले खाईनखाई जम्मा गरेको रकम कसैले खाइदेला भनेर डराउनु स्वभाविक भएपनि सहकारीको र सहकारी सञ्चालकको नियतलाई बुझेर मात्रै बचत गर्न पनि उनले आग्रह गरेकी छिन् ।
सहकारीमा पैँसा झिक्न गएकाहरुलाई पूरा रकम दिन नसकेको स्विकार गर्दै उनले केही समयभित्रै समस्या समाधान हुने बिश्वास दिलाएकी छिन् ।

Advertisement

बजारमा फैलाइएको अफवाहका कारण नियमित बचतकर्ताको ठुलो समुह समय नपुग्दै पैसा माग्न आउदा समस्या भइरहेको बताउदै हामीले लगानी गरेको पैसा समय नपुग्दै माग्न मिल्दैन तैपनि ग्राहकको इक्छा अनुसार समय नपुगेपनी हामीले पैसा दिरहेका छौ।

बचतकर्ताले आफुले जम्मा गरेको रकम माग गर्न जाँदा मागेजति रकम नपाएको गुनासो गरिरहेका छन् । लाखौं लाख जम्मा गरेपनि २५ हजार रुपैयाँ भन्दा बढी नपाएको भन्दै बचतकर्ताहरुले गुनासो गरेका छन । सोही गुनासोको सम्बोधनका लागि खातुनसँग कुरा गर्दा अहिले धेरै जना एकैपटक रकम झिक्न आउँदा समस्या भएको हुँदा केही दिनभित्रै मागेजतिकै रकम झिक्न सकिने प्रतिक्रिया दिइन् ।

उक्त सहकारीमा वीरगञ्जका मात्रै ५ देखि ६ हजार ग्राहक रहेको सहकारीमा कार्यरत कर्मचारी सन्तोष यादवले जानकारी दिए । उनका अनुसार सहकारीले करिब ३० करोड रकम झिकेर ग्रााहकलाई दिइसकेको छ भने १ अर्बभन्दा बढी रकम बचत गरेको छ । जसमध्येबाट लगभग ७० करोड बजारमा लगानी गरेको पनि यादवले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *