Categories खेलकुद समाचार

एसिया कप : पाकिस्तानलाई ५ विकेटले हराउदै भारत विजयी

Advertisement

वीरगन्ज । एसिया कपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

दुबइमा सम्पन्न समुह चरणको पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराउदै भारतले विजयी सुरुवात गरेको हो ।

Advertisement

पहिले ब्याटिङ गरि पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९.४ बलमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । भारतका लागि विराट कोहलीले ३५ रन ,  रविन्द्र जडेजाले ३५ र  हार्दिक पांड्याले १७ बलमा अविजित ३३ रन बनाए ।

Advertisement

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले  १९.५ बलमा अलआउट हुदै १४७ रन बनाएको थियो ।

एसिया कपमा पाकिस्तान विरुद्ध भारतको यो नवौं जित हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *