Categories समाचार

मधेसी दललाई गठबन्धनको सहारा

काठमाडौं । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन्।

गत स्थानीय तह निर्वाचनमा तराई/मधेसमा मधेसकेन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए । यसपटक पनि ती दलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यहाँसम्म कि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा सिके राउत नेतृत्वको जनमत पार्टीले समेत अन्य दलसँग गठबन्धन गर्न विभिन्न किसिमबाट प्रयास गरिरहेका छन् ।

Advertisement

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले सत्तारूढ पाँच दलीय गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पटकपटक भेट गरेका छन् । कांग्रेससँग चुनावी गठबन्धन नभए एमालेसँग गर्ने लोसपाको तयारी छ।

Advertisement

यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *