Categories समाचार

बिल विजक भन्दा बढी सामानहरू बोकेको ट्रक बिर्ता प्रहरीको नियन्त्रणमा

पर्सा । वडा प्रहरी कार्यालय बिर्ताले बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको एउटा मालवाहक ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको टोलीले आज दिउँसो ०१:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ०६ लोहारपट्टी सडक खण्डमा ना. ५ ख ६९५९ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिएको बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी गराए ।

Advertisement

१ करोड ०२ लाख ४६ हजार ७ सय ६९ रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *