Categories राजनीति समाचार

माओवादी बाट वडा अध्यक्ष उम्मेदवार अन्सारी जसपामा प्रवेश

Advertisement

वीरगन्ज । नेकपा माओवादी केन्द्रका युवा नेता महमुद अन्सारी जनता सममजवादी पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय निर्वाचन २०७९ मा वीरगन्ज महानगरपालीका वडा नम्बर १२ को वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका अन्सारी जसपामा प्रवेश गरेका हुन् ।

Advertisement

उनिसंगै नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा नम्बर १२ का इकाई समितिका सह सचिव बिरेन्द्र गुप्ता, सदस्य हरिशंकर राऊत, सबिब अन्सारी ,विजय क्षेत्री ,मक्सुद अंसारी , लगायतका नेताहरू पनि जसपामा प्रबेश गरेका छन्।

Advertisement

काठमाडौंमा बिहीबार वन तथा वातावरण मन्त्री एवं जसपा नेता प्रदीप यादवले नवप्रवेशीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन्। त्यस अवसरमा जिल्ला समन्वय समिति पर्साका पुर्ब प्रमुख नेक महम्मद अन्सारी लगायतका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *