Categories समाचार समाज

श्रीमतीको हत्या अभियोमा श्रीमान र भाउजु पक्राउ

Advertisement

वीरगञ्ज । श्रीमतीको हत्या अभियोमा बारामा श्रीमान पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका ३ गञ्जभवानीपुरका २७ वर्षीय सैमोदिन अंसारी २५ वर्षीय श्रीमती सहनाज खातुनको हत्या आरोपमा पक्राउ परेका हुन् ।

खातुनको हत्या आरोपमा अंसारीसँगै उनको भाउजु २५ वर्षीय अप्सना खातुनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Advertisement

बिहीबार बेलुका ५ बजे सहानाज घरमै मृत अवस्थामा फेला परेको र प्रहरीले जाँच गर्दा शरिरका विभिन्न भागमा कुटपिट गरिएको चोट देखिएकाले घरका परिवारसँग सोधपुछ गर्ने क्रममा श्रीमान र भाउजुको संलग्नता पाइएपछि दुबैलाई पक्राउ गरिएको उनले बताए ।

Advertisement

मृतको शव पोष्टमार्टमका लािग त्रि.वि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको र पक्राउ परेका दुबैलाई हिरासतमा राखेर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको पनि बारा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *