Categories राजनीति समाचार

उपेन्द्र यादवको अस्थिर चुनावी यात्रा

Advertisement

काठमाडौं । उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदवार भए । त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी(२ बाट निर्वाचित भए।

Advertisement

२०७४ सालको चुनावअघि भएको भारतीय नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन(२०७२ मा सप्तरी तातेको थियो।

Advertisement

नयाँ संविधानमा मधेसको अधिकार काटिएको भन्दै भएको आन्दोलनमा सप्तरी भारदहका राजीव राउत मारिए। एमालेको चुनावी अभियानका क्रममा सप्तरीको मलेठमा पाँचजना मारिए।

जसका कारण मधेसीको मन र मत दुवै उपेन्द्रतर्फ पोखिएको स्थानीय बताउँछन्।

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *