Categories अर्थ समाचार

श्रोत नखुलेको ७ लाख रूपैया सहित बाराका एक जना पक्राउ

वीरगंज । श्रोत नखुलेको ७ लाख नेपाली रूपैया सहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५० को हरिनारायण प्रसाद कुर्मी रहेका छन।

Advertisement

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राईम ब्रांच प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले सिमावरती भारतीय शहर रक्शौल बाट वीरगंज तर्फ आईरहेको ना २८ प २८९० नम्बरको मोटरसाइकललाई शंकराचार्य गेट अगाडी रोकेर चेकजाच गर्दा टंयाकी मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रूपैया ७ लाख बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।

Advertisement

बरामद नगद सहित कुर्मीलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा कार्यवाही अगाडी बढाईएको प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *