Categories राजनीति समाचार

पर्सा क्षेत्र नम्बर ४ काे सांसदका लागि नेता रिजालको एकल नाम सिफारिस

Advertisement

वीरगञ्ज । नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि पार्टीका केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ को आइतबार बसेको क्षेत्रीय समिति बैठकले रिजालको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए ।

Advertisement

गएको २०७४ को निर्वाचनमा कांग्रस नेता रिजाल तत्कालिन राष्ट्रिय जनता पार्टी हालका लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको निकटतम प्रतिद्वन्दी थिए ।

Advertisement

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार अहिले क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको अवस्था अन्यको तुलनामा बलियो देखिएको छ ।

आउँदो मंसिर ४ मा हुने निर्वाचनमा पनि उक्त क्षेत्रबाट विजयी बनाउने गरी केन्द्रीय पहुँच भएका नेता रिजालको नाममा सर्वसम्मत सहमति गरेर नाम सिफारिस गरिएको क्षेत्रीय सचिव बलिष्टर अहमदले बताए ।

बैठकमा जिल्ला, क्षेत्र तथा प्रदेश क्षेत्रका पदाधिकारी, ६ वटै पालिका र ३२ वटै वडाका सभापति, पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *