बिरगंज । पर्सा प्रहरीले श्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रूपैया सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा न. १२ बस्ने वर्ष २७ को सुरज पटेल रहेका छन ।
विषेश सुचनाको आधारमा शंकराचार्य गेटस्थित सडक खण्डमा भारतको रक्सौलबाट बिरगंजतर्फ ना.५२ प २४२० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा हेलमेट भित्र लुकाई-छिपाई श्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रूपैया बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी गराउनु भयो ।



