वीरगञ्ज । वीरगञ्जको बसपार्क नजिकबाट यात्रुवाहक बस चोरी भएको छ ।
बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको ना ८ क ७६४८ नम्बरको बस आइतबार दिउँसो चोरी भएको हो ।
आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको प्रहरीले जनाएको छ ।
निवेदन परेसँगै खाेजी तिब्र पारिएकाे प्रहरीले जानकारी दिएकाे छ ।







