Categories अर्थ समाचार

नक्कली नोटसहित भारतका एक किशोर पक्राउ

Advertisement

वीरगन्ज । सिरहामा प्रहरीले नक्कली नोटसहित भारत घर भएका एक किशोरलाई पक्राउ गरेको छ।

बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रूपैयाँ ५ सय दरको ४ थान नक्कली नोटसहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतवार राति प्रहरीले पक्राउ गरेको हो।

Advertisement

बडहरीस्थित दशगजामा लागेको ईन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट नक्लकी नोट फेला गरेको थियो। साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

Advertisement

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *