Categories समाचार

उद्योगी अशोक वीरगञ्ज महानगरको सल्लाहकारमा मनोनयन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले उद्योगी अशोक टेमानीलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका टेमानीलाई वीरगञ्ज महानगरपालिकाको बृहत्तर विकाससँगै कार्यालयबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउनका लागि मार्गदर्शन गर्नका लागि सल्लाहकारमा मनोनयन गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ । 

Advertisement

इण्डोनेपाल इकोनोमिक फोरमका अध्यक्षसमेत रहेका टेमानीले महानगरपालिकाको कार्यसम्पादनमा आवश्यक सल्लाह सुझाव दिएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानगरपालिकाका मेयर राजेशमान सिंहको विश्वास छ ।

Advertisement

महानगरपालिकाका विभिन्न योजना एवम् कामसँगै ३  दशकदेखि उद्यमको क्षेत्रमा सक्रिय व्यक्तिको सल्लाह सुझावले महानगरपालिकाका काम कारवाही प्रभावकारी हुने पनि मेयर सिंहको बुझाई छ । 

मनोनयन भएकोमा खुशी व्यक्त गर्दै उद्योगी टेमानीले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *