Categories राजनीति समाचार

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

Advertisement

वीरगन्ज । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा) र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहको छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।

Advertisement

हाल सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण बहुसंख्यक पालिकामा पराजय व्यहोरेको एमाले साना दलसँग गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभामा बलियो उपस्थिति देखाउन खोजेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैं गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् । स्रोतका अनुसार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

Advertisement

यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *