Categories समाचार स्वास्थ्य

डेङ्गु परीक्षण शुल्कबारे न समिति न नियुक्ति

Advertisement

वीरगन्ज । डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच समन्वय नहुँदा त्यो काम कसले गर्ने भन्ने पनि यकिन भएको छैन।

मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले डेङ्गु परीक्षणमा लिइदै आएको शुल्कमा एक साताभित्र एकरूपता ल्याउनका लागि समिति बनाइएको जानकारी दिए। एक साता बितिसक्दा पनि किन शुल्क निर्धारण गरी एकरूपता नभएको ? भन्ने प्रश्नमा उनले मन्त्रालयका गुणस्तर मापन तथा नियामक विभाग प्रमुख डा मदन उपाध्यायको अध्यक्षतामा डेङ्गु परीक्षणका लागि शुल्क निर्धारण गर्ने समिति बनेको र उक्त समितिले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने जानकारी दिए।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य मन्त्रालयले डेङ्गु परीक्षणमा लिइदै आएको शुल्कमा एकरूपता गर्ने निर्णय भए पनि हालसम्म शुल्क निर्धारण भने हुन नसकेको जानकारी गराए । विभिन्न अस्पताल तथा प्रयोगशालाले आफूखुसी मनपरी शुल्क लिएको भन्ने गुनासो आएकाले मन्त्रालयले शुल्क निर्धारण गर्ने उनले बताए ।

Advertisement

यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *