Categories समाचार

होस्टलमा विद्यार्थीको शव झुन्डिएको अवस्थामा फेला

Advertisement

वीरगन्ज । सिराहाको लहान नगरपालिका वडा नं ६ श्रीराम कोलोनीस्थित निजी होस्टलमा विद्यार्थीको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

भाडाको घरमा सञ्चालन गरिएको होस्टेलमा बस्दै आएका कक्षा १२ मा अध्ययनरत विद्यार्थीको शव सोमवार बिहान शङ्कास्पद अवस्थामा झुन्डिएको फेला परेको हो ।

Advertisement

मृत्यु हुनेमा लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत राजन पासवान रहेको प्रहरीले जनाएको छ ।

Advertisement

बितेको १० महीनादेखि होस्टलमा बस्दै आएका उनी सप्तरीको कल्याणपुर नगरपालिका–७ कल्याणपुर बस्ने अशोक पासवानका जेठा छोरा हुन् ।

क्याम्पसका शिक्षकहरूका अनुसार उनी पढाइमा अरूभन्दा अब्बल थिए । राजनको पढाइप्रति ईष्र्या गर्नेहरूले उनको हत्या गरेर झुन्ड्याएको हुन सक्ने मृतकका ठूलो बुबा विलेक्षण पासवानले शङ्का जाहेर गरेका छन् ।

उक्त होस्टल सप्तरीकै शम्भुनाथ नगरपालिका वडा नं १२ निवासी मुकेश यादवले स्थानीय ताहिर अन्सारीको घर भाडामा लिएर बितेको तीन वर्षदेखि सञ्चालन गर्दै आएका छन् । होस्टल रहेको घरको छतबाट नाइलनको डोरीमा करीब १५ फिट तल झुन्डिएको अवस्थामा सोमवार बिहान राजनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति १२ बजेसम्म राजन र आफूहरू कुराकानी गरेर बसेको त्यसपछि आआफ्नो कोठामा सुत्न गएको होस्टल सञ्चालक यादव बताउँछन् ।

झुन्डिएको अवस्थामा फेला परेको राजनको शवको मुखलाई बच्चाले लगाउने आकारको नीलो रङ्गको गन्जीले ढाकेको, साथै सो गन्जीको माथिबाट डोरीले कसेको र घाँटीमा फेरि अर्कै डोरीले पासो लगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

होस्टलमा सञ्चालकसहित १६ जना बस्दै आएका थिए । शव शल्यपरीक्षणका लागि पठाइएकोले रिपोर्ट आएपछि मात्र के भएको हो यकीन भन्न सकिने इलाका प्रहरी कार्यालय, लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल ठाकुरले बताए । प्रतिक दैनिक

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *