Categories शिक्षा समाचार

परिवर्तन नेपाल फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

Advertisement

वीरगञ्ज । राष्ट्रिय बाल दिवसका अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ अठराहास्थित एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परिवर्तन नेपाल फाउण्डेशनले शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई कपी, कलम, सिसाकलम, इरेजर, कटरसहितको झोला वितरण गरिएको परिवर्तन नेपाल फाउण्डेशनका अध्यक्ष रणधीर वर्णवालले जानकारी दिए ।

Advertisement

शैक्षिक सामाग्री वितरण गर्दै जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य एवम् पोखरिया नगरपालिकाकी निवर्तमान उपप्रमुख सलमा खातुनले शैक्षिक सामाग्रीको सही सदुपयोग गर्न आग्रह गरीन् । बालबालिकाहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि प्रेरित गर्नुपर्नेमा खातुनको जोड थियो ।

Advertisement

साथै उनले सामुदायिक विद्यालयहरुको भौतिक संरचनासँगै अन्य आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय सरकारले तदारुकता देखाउनुपर्ने बताइन् । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनलाल प्रसाद कुर्मी, वडा सदस्य प्रदिप कुर्मी, वर्णवाल पुस्तकका संचालक सुजित वर्णवाल, संस्थाका संचालन प्रमुख अतुल राउत, सदस्य बालेश्वर साह, राजन साह, कुसुम चौहान लगायतको उपस्थित रहेको फाउण्डेशनका सचिव विशेष साहले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *