पर्सा । निस्वार्थ रुपले समाजिक कार्य गर्दै आइरहनुभएका समाजिक अभियन्ता थारु एक अन्तर्राष्ट्रिय संस्थाको सल्लाहकारमा च्यन भएका छन् ।
पब्लिक एफ.एमका निर्देशक समेत रहेका सामाजिक अभियान्ता थारु हेल्प मधेशी अन्तर्राष्ट्रिय समितिको सल्लाहाकार सर्वसहमतीले च्यन गरेका हुन । यो संस्था परबासी नेपालीहरुले स्थापना गरेको संस्था हो ।
यो संस्था खास गरी मधेश आंदोलनका शहीद तथा घाईतेहरुको सहयोगका लागि कतारमा स्थापना गरिएको थियो । हाल संस्थालाई बिस्तार गरेर साऊदी, मलेशिया, जापान, बहराइन लगायत बिभिन्न देशमा पनि स्थापना गरिएको छ ।
संस्थाको उदेश्य परिमाजित गर्दै मधेश प्रदेशमा शिक्षा र स्वास्थ्यमा पहुंच नभएको मानिसका लागि सहयोग गर्ने बनाईएको छ । साथै भोंक, रोगको क्षेत्रमा काम गर्नुका साथै सबल समाज निमार्णमा संस्थाले भुमिका खेल्ने बताईएको छ ।







