वीरगञ्ज । राष्ट्रिय बाल दिवसको अवसरमा वीरगञ्ज स्थित एक छात्रावासमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
आमाको माया छात्रावासमा रहेका बालबालिकालाई पहिलो पाईला नेपाल वीरगञ्ज शाखाले शैक्षिक सामाग्री वितरण गरेको हो । “बालमैत्री समाजको आधार: जिम्मेवार परिवा, जिम्मेवार हामी” भन्ने नारा सहित आयोजना गरिएको सो कार्यक्रममा केक काटेर बालबालिका संग दिवस मनाइएको संस्थाका अध्यक्ष निश्चल प्रजापतिले बताए ।
संस्थाका अध्यक्ष प्रजापतिको अध्यक्षातामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नारायणी अस्पताल कि हेमा थापा, विशिष्ट अतिथिमा ग्रिन सिटी सामुदायिक केन्द्र आदर्शनगरका जयप्रकाश खेतान, वीरगञ्ज युवा समाजका कमल चौलागाईं र संस्था कि केन्द्रीय सदस्य मधु प्रजापति रहनुभएको थियो ।
कार्यक्रममा इरसाद अंसारी, मो इमरान अली, नविल सम्मानी, किसन अग्रवाल, भक्ती अग्रवाल, राहुल साह, माध्वी गुप्ता, सत्यप्रकाश लगायतको उपस्थिति रहेको थियो ।







