Rato Pana
शिक्षा समाचार

माउण्ट मकालु बिधालयमा विविध कार्यक्रम गरि बाल दिवस मनाइयो ।

Advertise:
Advertise:
Advertise:

पर्सा । राष्ट्रिय बाल दिवस वीरगन्जमा विविध कार्यक्रम गरि मनाइएको छ ।

वीरगन्ज १० अशोकवाटिका स्थित रहेको माउण्ट मकालु बिधालयमा अध्यनरत कक्षा आठका बिधार्थीले बिधालयमा वक्तृत्वकला प्रतियोगिता र नाच प्रतियोगिता आयोजना गरि दिवस मनाएका छन् ।

बिधालयका संस्थापक अध्यक्ष कामेश्वर श्रीवास्तवको अध्यक्षातामा भएको सो कार्यक्रमका निर्णायक मंडलमा आकाश गुप्ता र प्रकाश कर्ण रहनुभएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम जिया सरार्फ, दोस्रो कसक वर्णवाल, तेस्रो इसिका पटेल भएका हुन भने नाच प्रतियोगितामा ग्रुप तर्फ तेस्रो युकेजीका आन्नया साह र राज नन्दनी साह, दोस्रो कक्षा १ र पहिलो सोनाम शर्मा र पराग्या शर्मा हुनुभएको थियो

एकल नाच प्रतियोगितामा कक्षा २ कि प्रियान्सी साह पहिलो, अस्विनी दोस्रो र निशा क्षेत्री तृतीय हुनु भएको बिधालयका प्रधानाध्यापक राहुल श्रीवास्तवले बताउनुभयो ।

बिधालयको प्रागणमा भएको सो कार्यक्रममा अभिभावक र शिक्षकको उपस्थिति रहेको थियो ।

Advertise: Advertise:

Related posts

Leave a Comment