Categories धर्म/संस्कृति

आमाको पर्व जिउतीया आज मनाइदै ।

Advertisement

वीरगन्ज । लोकाचारको पर्वभन्दा हिन्दु कर्मकाण्ड पद्धतीमा ब्याख्या गरिएको अनुष्ठानको रुपमा मनाइने ‘खर जिउतीया’ आज मनाइदै छ । सन्तानको सुख, समृद्धि र रक्षाको कामनासाथ परलोकका मातृहरुलाई स्मरण गर्दै मनाइने जिउतीया मातृहरुको आत्माको शान्ति र सम्मानमा महिलाहरुद्वारा मनाइने एउटा पर्व हो। कुलभित्र परलोक भएका मातृ (महिला)पूर्वजहरुको सम्झनामा लोकबिधिद्वारा मनाउने जिउतीयालाई ‘जीवित पुत्रिका ब्रत’पनि भनिन्छ।

हिन्दु पद्धतीमा पितृपक्षमा सोह्र श्राद्ध चलिरेहको बेलामधेशी र थारु महिलाले बिशेष बिधिसाथ यो पर्व हरेक वर्ष आश्विन महिनाको शुक्ल पक्षको सप्तमीमा सुरु गरी अष्टमी तिथिका दिन निर्जला उपवास बस्छन्। ब्रतालुले यस पर्वमा पहिलो दिन जलाशयमा स्नान गरी झिगंनी (तरोइ)को पातमा पिना र तेल चढाई भगवान् सूर्यलाई अर्घ अर्पण गरेर ब्रतको सङ्कल्प लिन्छन्। ब्रतालुले ब्रतारम्भका लागि नुहाउने बेला मातृहरुलाई तेल चढाउने गर्छन्, जसमध्ये थोरै बाँकी राखि आफ्ना नानीबाबुलाई लगाइदिने चलन छ।

Advertisement

पितृ पक्षमा पुरुषद्वारा स्रोह श्राद्धमा पितृ तर्पणका बिधि पालना गरिराखेको समयमा सप्तमी र अष्टमीका दिन महिलाहरुले मातृहरुलाई सम्झिदै यो ब्रत गर्ने गरेको मान्यता चलिआएको छ । लोक बोलीमा ‘जिउतीया’भनिने यस ब्रतलाई शास्त्रीय मान्यतामा ‘षोडस मातृका श्राद्ध’ भनिन्छ। जिउतीया गर्ने महिलाले सन्तानको अकाल मृत्युउपर बिजयी पाउने लोक बिश्वास छ। उपवास बसेको दिन ब्रतालु महिलाले मुखले ‘खर’ (सिन्को) समेत नटोक्ने भएकोले यसलाई ‘खर जिउतिया’पनि भनिन्छ। जिउतीयालाई मधेशी र थारु समुदायमा धेरै पवित्र ब्रतका रूपमा लिइने गरिन्छ ।

Advertisement

ब्रतालु आज (आइतबार) दिनभरी निर्जला उपवासमा बस्ने छन्। सप्तमी तिथीमा रातको अन्तिम पहरमा अष्टमीको सुर्योदय अगाडी झिसमिसेमैं स्नान गरी महिलाहरुले पूजाआजा गर्ने चलन छ। आइतबार बिहान उपवास सुरु गर्ने बेला ब्रतालुले दही, चिउरा पुरी र सख्खर आदी चोखो परिकार चढाई पूजाआजा गरी प्रसाद खाएपछि ब्रत बस्छन्। यस बेलाको चढाइएको सामग्रीलाई ‘सरगही’ भनिन्छ। त्यस प्रसाद सन्तानलाई समेत खुवाउने चलन छ। ‘सरगही’ खाएर ‘दिर्घजीवी भइन्छ’ भन्ने मान्यता छ।

गाउँघरमा सप्तमीको रातको अन्तिम पहरमा सरगही खाएपछि बालबालिकाहरु झिसमिसेमैं घरबाहिर निस्किएर सामूहिक रुपमा रमाउने गरेका छन्। ‘मधेशी महिलाले स्नान गरेर गम्हदी चामल (कोसाभित्रै फल्ने धान) को भात, दही चिउरा र पुरी लगायत सात्विक परिकार खाने गर्दछन् भने मांसाहारीहरु र बिशेष गरी थारु समुदायका महिलाले माछा, मरुवा (कोदो)को रोटी र कर्मीको सागलगायतका परिकार खाने गर्दछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *