Categories समाचार स्वास्थ्य

नि:शुल्क ऑखा शिविर सम्पन्न

वीरगन्ज । विश्वकर्मा पूजाको अवसरमा दाइजो एवम समाजिक कुरिति विरुद जागरण मंच र वीरगन्ज कपडा बैंकको संयुक्त आयोजना तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा आज जगरनाथपुर गाउपालिका वडा नम्बर ६ प्रसौनी बहुवरीमा निशुल्क ऑखा शिविर समपनन भएको छ।

संस्थाका अघ्यक्ष बृजेश्वर प्रसाद चौघरीको अध्यक्षातामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वडा अघ्यक्ष अयोध्या पटेल,विशिष्ट अतिथिमा प्रमोद यादव, अजय कुमार पटेल, पारस प्रसाद गुप्ता, राजेश पटेल तथा अतिथिमा जयकरण प्रसाद कुर्मी,लालमति देवी लगायतको उपस्थिति रहेको थियो।

Advertisement

दृष्ट ऑखा अस्पतालबाट डाक्टर बसन्त पौडेल,संजय चौघरी ,रिशु यादव लगायतको समुहले सेवा दिनु भएको थियो ।

Advertisement

कूल १४८ जना को चेकजॉच गरियो जसमध्ये ४२ जना मोतियाबिंद को बिरामी भेटिएको अध्यक्ष चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *