बीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिज बिजक भन्दा बढी समान लोड गरेको भन्दै ट्रकलाई नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको भन्दै सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मातहतका वडा प्रहरी कार्यालय विर्ताबाट गए राती ८ : ३० बजेको समयमा सो ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
बीरगन्ज महानगरपालिका वडा नं.१० ग्रिनसिटी चोक स्थित सडकखण्डमा ना ३ ख ४१४१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा जे.वि.ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएको समान सहितको ट्रकको मुल्य रू. ५६ लाख ८७ हजार ३ सय ६ रुपौय मुल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।







