Categories समाचार

नेपाल टेलिभिजनले माग्यो १० जना समाचार प्रस्तोता

Advertisement

काठमाडौँ- नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आव्हान गरेको छ ।

नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको हो ।

Advertisement

सूचना अनुसार नेपाली समाचार प्रस्तोता ७ जना र अंग्रेजी समाचार प्रस्तोता ३ जना मागिएको छ ।

Advertisement

उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई ग्राह्यता दिइने पनि नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिने छ ।।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *